आइतवार, श्रावण २४ गते २०८३

अब विश्वद्यालयमा अब भागबण्डा हुन्न, मेरिटोक्रेसीबाट नियुक्ति –शिक्षामन्त्री पोखरेल

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरुमा हाल भएको नियुक्ति भागबण्डाको आधारमा नभई मेरिटोक्रेसिमा भएको दाबी गरेका छन् । 

त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसको अवसरमा सम्बोधन गर्दै उनले अब पनि हरेक निकायमा भागबन्डाको आधारमा नभइ मेरिटोक्रेसीबाट नियुक्ति हुने बताए । 

‘विश्वविद्यालयमा एकै पटक खुला प्रतिस्पर्धाबाट चयन भएर आउनु भएको छ । जसले नयाँ ऊर्जा थपिएको महसुस भएको छ,’ उनले भने, ‘विश्वविद्यालयमा हने राजनीतिकरण चार वर्षमा अन्तय र भागबन्डमा होइन मेरिटोक्रेसीको निर्माण हुन्छ ।’

सरुवा बढुवामा कतैबाट दबाब नआउने मन्त्री पोखरेलको भनाइ छ । ‘राजनीतिक रूपमा कहाँ सरुवा, बढुवा र नियुक्ति गर्ने राजनीतिक दबाब आउँदैन । आएमा शिक्षा मन्त्रालयमा जानकारी गारउनु होला । हाम्रो पार्टीबाट वा अन्य पार्टीबाट,’ उनले भने ।


विश्वविद्यालयलाई स्वायत्त भएर काम गर्न उनले आग्रह गरे । साथै त्रिविको सम्पत्ति फिर्ता ल्याउन नेतृत्वलाई उनले निर्देशन दिए । त्रिविको सम्पत्ति फिर्ता ल्याउने प्रक्रियामा सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

उच्च शिक्षामा सरकारले ५ वर्षको नीति भिजन र मिसनबारे विश्वविद्यालयको नेतृत्वसँग छलफल गरिरहेको उनले बताए । विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने पर्नेमा मन्त्री पोखरेलको जोड छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार