आइतवार, श्रावण २४ गते २०८३

लहानमा प्रहरीले चलायो गोली

बिहिवार , श्रावण ७, २०८३

काठमाडौँ ।सिरहाको लहानमा गोली चलाएर प्रहरीले ६ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।

बिहीबार अपराह्नमा हस्पिटल चोकमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको स्रोतले बतायो।

स्रोतका अनुसार दुई जनालाई गोली लागेर घाइते समेत भएका छन्। घाइते हुनेमा एक जना नेपाली नागरिक र एक जना भारतीय नागरिक छन्।उनीहरूबाट प्रहरीले खैरो हेरोइन अन्दाजी २५० ग्राम बरामद गरेको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार