आइतवार, श्रावण २४ गते २०८३

सुनको मुल्यमा भारि गिरावट

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्य घटेको छ।

बिहीबार तोलामा तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार आठ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।

बिहीबार सुन प्रतितोला दुई लाख ९१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।बिहीबार तोलामा चार हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार