आइतवार, श्रावण २४ गते २०८३

गत २४ घण्टामा हजार जना भन्दा बढि चालक ट्राफिक प्रहरीको कारबाहीमा

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं ।काठमाडौं उपत्यकामा गत २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ८३ जना चालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

जसमा तीव्र गतिमा सवारी साधन चलाउने ५५ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ६३ जना र रातो बत्तीको उल्लंघन गर्ने ४८ जना चालक कारबाहीमा परेका हुन् ।

यसैगरी मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४९ जना, अनावश्यक हर्न बजाउने ३३ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४९ जना र जथाभावी यात्री चढाउने तथा ओराल्ने २८ जना चालकहरू पनि कारबाहीमा परेका छन् ।

मदिरा पिएर सवारी साधन चलाउँदा, सडक लेन र रातो बत्तीको उल्लंघन गर्दा र तीव्र गतिमा सवारी साधन चलाउँदा कारबाहीमा परेका चालकहरूलाई ट्राफिक सचेतना कक्षा अनिवार्य गरिएको छ । काठमाडौं उपत्यकामा हिजो २३४ जना चालकहरू ट्राफिक सचेतना कक्षामा सहभागी भएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार