आइतवार, श्रावण २४ गते २०८३

शंकास्पद गतिविधि गरेको आरोपमा २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ११५ जना पक्राउ

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं । काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ११५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सबैभन्दा धेरै काठमाडौंबाट १०८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरबाट ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उपत्यकाका विभिन्न प्रहरी युनिटको नियन्त्रणमा रहेका सबैमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी २८ जना फरार प्रतिवादीलाई पनि गत २४ घण्टामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार