काठमाडौं । नेकपा एमालेको सचिव महेश बस्नेतले वर्तमान सरकारले गरेका अनावश्यक नियुक्तिका कारण सरकारी खर्च बढेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री बालेन शाहले २७ जनाको सचिवालय बनाएकोप्रति असन्तुष्टि जनाउादै उनले विगतमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा ११ जनाको सचिवालय बनाएको स्मरण गराए ।
उनले भनेका छन्, ‘गत वर्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सल्लाहकार ११ जना थिए, अहिले बालेन प्रधानमन्त्री हुँदा २७ जना पुगेछन्। मन्त्रीमण्डल सानो बनाएर राज्यको ढुकुटी बचाए भनेर हल्ला गर्ने बालेनहरू हिजो हटाइएका मन्त्री र सांसदका पीए तथा सल्लाहकारहरूलाई पुन नियुक्ति दिएर राज्यकोषबाट तलब सुविधा दिएर राखेका छन् ।’
मन्त्री घटे पनि नियुक्ति र खर्च नघटेको भन्दै राज्यमाथि आर्थिक बोझ थपिएको जिकिर गरेका छन्। हिजो अरूलाई आलोचना गर्नेहरू आज आफैँ पद, नियुक्ति र सुविधाको जालो विस्तार गरेको टिप्पणी गरे ।