आइतवार, श्रावण २४ गते २०८३

रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए

शनिवार , श्रावण ९, २०८३

काठमाडौँ ।रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका छन् ।

मृत भेटिनेमा गाई–बाख्रा चराउन गएकी स्थानीय महिला ३५ वर्षीया अमिरा घर्ती मगर र ३८ वर्षीया असौजी घर्ती मगर रहेको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए ।

अध्यक्ष पुनको जानकारी अनुसार, सोही पहिरोमा परेर ६२ वर्षीय कुले घर्ती गमभीर घाइते भएका छन् । उनको उद्धार गरी स्थानीय सेरम स्वास्थ्य चौकीमा लगिएको उनले जानकारी दिए ।

मृत्यु भएका दुई महिलाको शवसमेत फेला परिसकेको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार