आइतवार, श्रावण २४ गते २०८३

पर्साबाट १४० किलो गाँजा बरामद

आइतवार , श्रावण १०, २०८३

काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका १ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त टोलीले बरामद गरिएको हो ।

लुकाएर राखेको विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्रको मिर्जापुरमा रहेको बीओपीको संयुक्त टोलीले बरामद गरेको हो ।

खानतलासी गर्दा आँपको बगैँचामा रहेको घाँसमा लुकाएर राखेको १३ पोका गाँजा फेला परेको थियो । त्यहाँबाट व्यक्ति भने कोही पक्राउ परेका छैनन् । थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार