नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टले पुँजी बजारको विकास विस्तार नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको भेटघाटमा अध्यक्ष भट्टले लगानीकर्ताको हकहितको संरक्षणका गर्नु आफ्नो ध्यान केन्द्रीत रहेको बताएका हुन् । अहिले पुँजीबजारका लगानीकर्ता केही डरायको जस्तो देखिय पनि उनीहरूको लागि छिट्टै सुनौलो दिन आउने उनले बताए।
पुँजी बजारको सबै कुरा सेबोनले नै हेर्नु पर्ने भन्दै उनले केन्द्रीय बैंक भन्दा पनि सेबोन ठूलो निकाय भएको बताए ।
‘अन्तराष्ट्रि रुपमा हेर्दा अमेरिकामा केन्द्रीय बैंक भन्दा त्यहाँको पुँजी बजारको नियामकीय निकाय ठूलो छ । बजारलाई केन्द्रीय बैंकले भन्दा पनि सेबोनले नै हेर्नु पर्छ,’ उनले भने । पुँजी बजार ठूलो क्षेत्र भएकाले त्यसै अनुसार काम गर्नु पर्ने उनको भनाइ छ ।
पुँजी बजार सुधारका लागि बोर्डले अहिले अध्ययनको काम गरिरहेको बताएका अध्यक्ष भट्टले पुँजी बजारको पूर्वाधार विकासका लागि काम गर्नु पर्ने उल्लेख गरे ।
आश्वासन भन्दा पनि नियम कानुनले बजारलाई सुधार गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए । आफू बोर्डमा आए पछि दिर्घकालिन र अल्पकालिन सुधारका कार्यक्रमहरु सार्वजनिक गरिसकेको उनले जानकारी दिए ।
केही समयमा नै आम लगानीकर्ताले महसुश हुने गरि परिणाम आउने उनको दाबी थियो । समय निर्धारण गरेर काम गरिएको बताउँदै उनले कागजमा भन्दा पनि तोकिएको सयममा नै व्यवहारमा नै परिणाम देखिने गरि काम हुने दाबी गरे ।