आइतवार, श्रावण २४ गते २०८३

प्रतितोला एक हजार ६ सय रूपैयाँ बढ्यो सुनको मुल्य

आइतवार , श्रावण १०, २०८३

काठमाडौँ ।नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ।

शुक्रबार तोलामा पाँच हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार तोलामा चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार चार सय १० रूपैयाँमा कारोबार भइरहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार