आइतवार, श्रावण २४ गते २०८३

स्ववियुले माग्यो डीनको राजीनामा

आइतवार , श्रावण १०, २०८३

काठमाडौं । त्रिवि, स्वतन्त्र विद्यार्थी युनियन (स्वविय)ले एमबीएको प्रश्नपत्र बाहिरिएको सम्बन्धमा दुई दिनभित्र छानबनि गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

साथै व्यवस्थापन संकाय डीनले र परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारी महसुस गरी राजीनामा दिनुपर्ने माग स्ववियले गरेको छ । ‘परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता हुन सक्दैन । दुई दिनभित्र घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, प्रश्नपत्र कसरी बाहिरियो ,कसको संलग्नता थियो भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ,’ स्ववियु अध्यक्ष दिपक जोशीले भने ।

दोषीलाई कारबाही नभए व्यवस्थापन संकाय डीन र परीक्षा हेर्ने सहायक डीनले राजीनामा दिनुपर्ने जोशीले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार