शनिवार, कार्तिक ८ गते २०८३

एक युवाले राजा हुन्छु भन्दै संग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोजेपछि

शुक्रवार , आश्विन ८, २०७८

काठमाडौं। राजा हुन्छु भन्दै संग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एकजना नारायणहिटीबाट पक्राउ परेका छन्। नारायणहिटी दरबार संग्रहालयभित्र श्रीपेच राखिएको ठाउँको सीसा फोड्ने प्रयास गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रूकुम घर भएका २५ वर्षिय खिमबहादुर घर्ती रहका छन्। उनले श्रीपेच राखेको ठाउँको सीसा फोड्ने प्रयास गरेपछि त्यहाँ सुरक्षामा खटिएकाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

संग्रहालयमा उनी दिउँसो साढे १ बजे श्रीपेच राखिएको कोठामा पुगेका थिए। 
घर्तीले श्रीपेच राखेको कोठामा खुकुरी निकालेर उक्त सीसा फोड्ने प्रयास गरेका थिए। घर्ती हालै बहराइनबाट नेपाल फर्किएको जनाइएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार