काठमाडौँ ।नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य बढेको छ।
आइतबार तोलामा एक हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।आइतबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।
आइतबार तोलामा चार हजार चार सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार चार सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।