आइतवार, श्रावण २४ गते २०८३

नागढुङ्गा सुरुङमार्गको गरियो औपचारिक उद्घाटन

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उदघाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उदघाटन गरेका हुन् ।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन । सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सञ्चालन गर्न दिइनेछ ।

करिब तीन महिनासम्म परीक्षणकाल (ट्रायल ओपनिङ पिरियड) सञ्चालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्यांकनपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ ।

सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । मुख्य सुरुङको ब्रेकथ्रु भने अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । अहिले बालेन प्रधानमन्त्री भएका बेला सुरुङमार्ग औपचारिक उदघाटन गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार