आइतवार, श्रावण २४ गते २०८३

लुम्बिनीमा कांग्रेसका मन्त्रीहरूको राजीनामा ‘होल्ड’

सोमवार , श्रावण ११, २०८३

काठमाडौँ ।प्रदेश सरकार गठनका लागि केन्द्रमा सहमति गरेका नेकपा एमाले र नेकपाबीच प्रदेश तहमा कुनै प्रक्रिया अघि नबढेपछि लुम्बिनीमा हालसम्म सत्ता साझेदार रहेको नेपाली कांग्रेसका मन्त्रीहरुले तयार गरेको राजीनामा रोकेका छन् ।

कांग्रेसबाट मन्त्री बनेकाहरू आइतबार नै राजीनामा आफ्नो संसदीय दलको कार्यालयमा बुझाएका थिए तर उनीहरूको राजीनामा मुख्यमन्त्रीलाई नबुझाई संसदीय दलको कार्यालयमै होल्ड गरिएको हो ।

पार्टी केन्द्रले नै प्रदेश सरकार गठनका लागि आफ्नो प्रदेशको आवश्यकताअनुसार पहल गर्ने निर्देशन दिएपछि लुम्बिनीमा मन्त्रीहरूको राजीनामा रोकिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार