आइतवार, श्रावण २४ गते २०८३

वडाअध्यक्ष १० हजार घुससहित नियन्त्रणमा

सोमवार , श्रावण ११, २०८३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. १ का वडा सचिव अजय कुमार साहलाई दश हजार रुपियाँ घुससहित नियन्त्रणमा लिएको छ । 


सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्नका लागि सेवाग्राहीलाई दुःख हैरानी दिई घुस लिइसकेको अवस्थामा साहलाई नियनत्रणमा लिइएको आयोगले जनाएको छ । 

साहलाई आयोगको टोलील उक्त रकमसहित सोही वडाको स्थानीय होटलबाट नियन्त्रणमा लिएको हो । साहमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार