काठमाडौँ ।नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ।
सोमबार तोलामा एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार हजार तीन सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।सोमबार तोलामा चार हजार चार सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार तीन सय १० रूपैयाँमा कारोबार भइरहेको छ।