आइतवार, श्रावण २४ गते २०८३

माइतीघर मण्डलामा लघुवित्त पीडितको सामूहिक आमरण अनशन

मंगलवार , श्रावण १२, २०८३

काठमाडौं । लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब दिन काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन सुरु गरेको घोषणा गरेको छ ।

यसअघि लघुवित्त पीडितका एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो । तर आजदेखि अर्को एक समूहले लघुवित्त पीडितले न्याय नपाएको भन्दै आमरण अनशन सुरु गरेको हो ।

संघर्ष समितिका अनुसार लामो समयदेखि ग्रामीण तथा सहरी क्षेत्रका विपन्न, किसान र मजदुरहरू चर्को ब्याज, चक्रवृद्धि (कम्पाउन्ड) ब्याज, धितो लिलामी तथा गैरकानुनी असुलीको मारमा पर्दै आएका छन् ।सरकारसँग भएका सहमतिसमेत कार्यान्वयन नभएकाले बाध्य भएर आमरण अनशनमा बस्नुपरेको समितिको भनाइ छ ।

संघर्ष समितिले आफ्ना मागहरू राज्यले औपचारिक रूपमा सम्बोधन नगरेसम्म आमरण अनशनसहितका आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार