काठमाडौं। पछिल्लो २४ घण्टामा १४७६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर विधिबाट १० हजार ५ सय ७५ जना र एन्टिजेनबाट ५११५ जनाको परीक्षण गर्दा एक हजार चार सय ७६ जना संक्रमित भेटिएका हुन्।
मन्त्रालयका अनुसार सोही अवधीमा ९ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ।अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ८१ जनाको मृत्यु भएको छ। त्यस्तै २४ घण्टामा १ हजार ५५० जना निको भएर फर्किएका संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर २० हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।