आइतवार, श्रावण २४ गते २०८३

ईन्जिनियरको दुई करोड २६ लाख अबैध कमाइ, भ्रष्टाचार मुद्दा दायर

बुधवार , श्रावण १३, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध दुई करोढ २६ लाख १३ हजार रुपैयाँ बिगो कायम गरि भ्रष्टाचार मुद्दा दायर गरेको छ । 


चौधरीले पदीय मर्यादा विपरीत गैर कानुनी रुमा उक्त रकम आर्जन गरेको आयोगले जनाएको छ ।  आयोगका अनुसार इन्जिनियर चौधरी सेवामा प्रवेश गरेको मिति २०६५ पुस ११ गतेदेखि २०८१ असार २९ गतेसम्मको जाँच अवधिमा उनको कुल वैधानिक आय २ करोड ७२ लाख ५५ हजार ७६६ रूपैयाँ देखिएको छ । 

सोही अवधिमा उनको खर्च तथा लगानी (व्यय) भने ४ करोड ९८ लाख ६८ हजार ८८९ रूपैयाँ मात्र छ ।

कुल आयको तुलनामा व्यय बढी देखिएको र सो बढी देखिएको २ करोड २६ लाख १३ हजार १२३ रूपैयाँको वैधानिक स्रोत नखुलेकाले उक्त रकम भ्रष्टाचार गरी आर्जन गरेको अख्तियारको निष्कर्ष छ ।

अवैध रूपमा आर्जन रकम पत्नी अर्पना कुमारीको घर(जग्गा खरिद तथा अन्य क्षेत्रमा लगानी देखिएको भन्दै उक्त सम्पत्ति जफत प्रयोजनका लागि अर्पनालाई पनि प्रतिवादी बनाइएको छ ।

चौधरीविरुद्ध जरिवाना र कैद सजायको मागसहित वास्तविक सम्पत्ति लुकाएको र झूटो विवरण पेस गरेको अभियोगमा थप सजायको दाबी गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार