काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्याल र राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालबीच आज भेट भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा सङ्घीय संसद्का समसामयिक विषय, संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा छलफल भयको सभामुखको सचिवालयले जनाएको छ।