आइतवार, श्रावण २४ गते २०८३

बढ्यो सुनको मुल्य

बिहिवार , श्रावण १४, २०८३

काठमाडौँ ।नेपाली बजारमा आज ९बिहीबार० सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।

बुधबार तोलामा एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ।बुधबार तोलामा चार हजार तीन सय २० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार तीन सय १० रूपैयाँमा कारोबार भइरहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार