आइतवार, श्रावण २४ गते २०८३

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु

बिहिवार , श्रावण १४, २०८३

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदको बैठक सुरु भएको छ । परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।

सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको हो । राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन् । परिषदमा रक्षा सचिवले सदस्य सचिवको रुपमा काम गर्छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार