आइतवार, श्रावण २४ गते २०८३

वरुण बेभरेजको उत्पादन सेभेन अपमा देखिएन कैफियत, उत्पादन तथा बिक्रि खुला

शुक्रवार , श्रावण १५, २०८३

काठमाडौं ।  वरुण बेभरेजको उत्पादन ‘सेभन अप’को उत्पादन तथा बिक्री वितरण खुला गरिएको छ । खाद्य विश्लेषकबाट गुणस्तर परीक्षण गराउँदा  उक्त पेय पदार्थमा कुनै कैफियत नदेखिएपछि बिक्रि खुला गरिएको हो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहिबार उक्त उत्पादनको बिक्रि वितरण तथा उत्पादन खुला गर्न आदेश दिएको हो । यसअघि यस उत्पादनको गुणस्तरको सम्बन्धमा विभागमा गुनासो तथा उजुरी आएको थियो । 

सोही उजुरी तथा गुनासोको सम्बोधन गर्ने क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण समिति, जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायतले निरीक्षण गरेको थियो । 

यही साउन ७ गते स्थलगत निरीक्षणको क्रममा उक्त कम्पनीबाट उत्पादित २५० एमएलको सेभेन अप ब्राण्डको स्वीटेन्ड काबोनेटेड वाटरको नमूना संकलन गरी स्टकमा रहेको अरु सामग्रीको उत्पादन तथा बिक्रि वितरण रोक्का गरिएको थियो । 

अनुगमन टोलीले गरेको नमूना संकलनको गुणस्तर परीक्षण गराउँदा सार्वजनिक खाद्य विश्लेषकबाट कुनै कैफियत नदेखिएको विभागले जनाएको छ । 

कुनै पनि कैफियत नदेखिएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा २० बमोजिमको दायित्व पूरा गरी, तयारी उत्पादित खाद्य पदार्थको गुणस्त्ंर सुनिश्चितता गरी बिक्री वितरण हुने गरी रोक्का खुला गर्ने निर्णय गरिएको हो । विभागको निर्णयसँगै यसमा देखिएको शंका निवारण भएको छ । 

काठमाडौंको पेप्सिकोलामा कार्यालय रहेको बरुण वेभरेज पेय पदार्थ उत्पादन गर्ने अग्रणी बहुराष्ट्रिय कम्पनी हो । पेय पदार्थको ठूलो बजार हिस्सा यसै कम्पनीको उत्पादनहरुले आगटेका छन् ।

khadya_prabidhi_K7FNnuMnQW.jpg
undefined

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार