शनिवार, कार्तिक ८ गते २०८३

स्रोत नखुलेको झण्डै एक करोड रुपैयाँ सहित २ भारतिय पक्राउ

शनिवार , आश्विन ९, २०७८

काठमाडौं। स्रोत नखुलेको ९५ लाखसहित रुपैयाँसहित भारतिय दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गए राति उक्त रकमसहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र  सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो। 

सागरका साथबाट  ४५ लाख र कृष्णका साथबाट रु ५० लाख बरामद गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरले जनाएको छ। चितवनबाट काठमाडौँ आउदै गरेको ग१ख ६६४५ नम्बरका माइक्रोमा सवार उनीहरुले झोलामा उक्त रकम लुकाइछिपाइ ल्याएका थिए। उनीहरूले पैसाको स्रोत खुलाउन नसकेपछि पक्राउ प्रहरीले जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार