आइतवार, श्रावण २४ गते २०८३

कल्याणपुरमा निकालियो सद्‌भाव र्‍याली

शुक्रवार , श्रावण १५, २०८३

काठमाडौँ ।सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको विषयलाई लिएर सप्तरीको खडक नगरपालिका –७ कल्याणपुर बजारमा सद्भाव र्‍याली निकालिएको छ । धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले सो र्‍याली आयोजना गरिएको हो ।

शुक्रबार  कल्याणपुर बजारमा ‘सामाजिक सद्भाव कायम गरौं, आपसी भाइचारा सम्बन्ध स्थापित गरौं र एकअर्कालाई सम्मान गरौं’ भन्ने नारासहित स्थानीय स्तरमा क्रियाशील राजनीतिका दल, हिन्दु र मुस्लिम दुवै समुदायको सामूहिक सद्भाव र्‍याली सम्पन्न भएको हो ।

संयुक्त रूपमा निकालिएको उक्त र्‍यालीमा सुनसरी क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य शिताराम शाहको  समेत सहभागिता थियो ।

विवाद र द्वन्द्वले निकास नदिने भएकाले सद्भाव कायम राख्ने सन्देश प्रवाह गर्न र्‍यालीमा सहभागी भएको सांसद शाहले बताए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार