शनिवार, कार्तिक ८ गते २०८३

गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई हातपात गरेपछि

शनिवार , आश्विन ९, २०७८

काठमाडौं। भोजपुरमा एक गाँउपलिकाका अध्यक्षले वडाअध्यक्षलाई हातपात गरेका छन्। जिल्लाको साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले वडा नम्बर २ का अध्यक्ष मानबहादुर खत्रीलाई हातपात गरेका हुन्।

वडा नम्बर २ स्थित अस्थायी कोभिड अस्पताल तथा कुलुङ स्वास्थ्य चौकीमा कार्यरत भविन्द्र कार्कीले लामो समयदेखि तलब भत्ता नपाएकोे विषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष राईले आफूमाथि हातपात गरेका वडाध्यक्ष खत्रीले बताए।

वस्थ्यका कर्मचारीले तलब नपाएको विषयमा वडा नम्बर २ का स्थानीयसहित गाउँपालिका अध्यक्षलाई भेट्न गएको तर गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई नभटेपछि निवेदन गाउँपालिकामा छाडेर कुलुङतर्फ फर्केने क्रममा बाटोमा नै गाउँपालिका अध्यक्षले हातपात गरेको वडाध्यक्ष खत्रीले बताए। यता गाउँपालिका अध्यक्ष राई भने त्यस्तो कुनै विवाद नभएको बताएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार