काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले पूर्णता पाएको छ ।
कार्यकारी परिषद्को रिक्त सदस्यमा चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा मोहनराज शर्मा र कानून संकायका डिन प्राडा दीननाथ पराजुली नियुक्त भएका छन् ।
उनीहरुलाई विश्वविद्यालयको संस्थानको तर्फबाट नियुक्त गरिएको हो ।
त्यस्तै, विश्वविद्यालयका शिक्षकहरु मध्येवाट बनस्पतीशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा विजया पन्त र भूगोल केन्द्रीय विभागका प्राडा कन्हैया सापकोटा नियुक्त भएका छन् ।
त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासन सम्वन्धी नियम २०५० को परीच्छेद ३९ नियम १३०को उपनियम (२) बमोजिम उनीहरुलाई नियुक्त गरिएको हो ।
त्रिवि कार्यकारी परिषदको विहिबार बसेको बैठकले उनीहरुलाई नियुक्त गरिएको हो ।