सोमवार, श्रावण २५ गते २०८३

शनिबार ९५३ संक्रमित थपिए, ६ जनाको मृत्यु

शनिवार , आश्विन ९, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ९५३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार १० हजार ५७९ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन्।

पिसिआर विधिबाट ७ हजार ५० जना र एन्टिजेनबाट ३५२९ जनाको परीक्षण गरिएको थियो। सोही अवधीमा एक हजार ३७१ संक्रमित संक्रमणमुक्त भएका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ८७ जनाको मृत्यु भएको छ। यस्तै हाल १९ हजार ७०० सक्रिय संक्रमित छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार