आइतवार, श्रावण २४ गते २०८३

पक्राउ परे कुख्यात आपराधिक समूहका नाइके र सदस्य

आइतवार , श्रावण १७, २०८३

काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा महिला तथा वृद्धवृद्धाहरूलाई त्रसित बनाउँदै श्रृंखलाबद्ध रूपमा सुनका सिक्री लुटपाट गर्ने कर्मा समूहका नाइके र सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुख्यात गिरोहका नाइके कर्मा तामाङसहित पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको हो।

विगत लामो समयदेखि काठमाडौँका सडकहरूमा चेन स्न्याचिङ (सिक्री लुटपाट) को आतंक मच्चाउँदै आएको यो समूहले विशेष गरी बिहान र बेलुकाको समयमा एक्लै हिँडिरहेका महिला तथा वृद्धाहरूलाई निशाना बनाउने गरेको थियो।

लुटपाट गर्ने क्रममा प्रतिकार गर्न खोज्ने पीडितहरूलाई घाँटी थिच्ने, कुटपिट गर्ने र घाइते बनाउनेसम्मका निर्दयी गतिविधिमा यो समूह संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार समूहका नाइके ३४ वर्षीय कर्मा तामाङलाई पक्राउ गर्न प्रहरीले गोली नै प्रहार गर्नुपरेको थियो। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई बौद्ध बस्ने कर्मालाई पक्राउ गर्न प्रहरी टोलीले लामो समयदेखि निगरानी गरिरहेको थियो। शनिबार राति १० २५ बजे बुढानिलकण्ठको चुनिखेलस्थित पानी ट्याङ्की नजिक उनी लुकिछिपी बसेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो।

प्रहरीले नियन्त्रणमा लिन खोज्दा कर्माले आफ्नो साथमा रहेको खुकुरी निकालेर प्रहरी टोलीमाथि नै साङ्घातिक आक्रमणको प्रयास गरेका थिए। प्रहरीले आत्मरक्षाका लागि र चेतावनी स्वरूप सुरुमा दुई राउन्ड हवाई फायर गरेको थियो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार