आइतवार, श्रावण २४ गते २०८३

सरकारी कर्मचारी नयाँ तलबमान स्वीकृत–अब मासिक न्युनतम २९ हजारदेखि अधिकतम ९० हजार पाँच सयसम्म

बिहिवार , श्रावण २१, २०८३

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३।८४ को बजेट भाषणमा उल्लेख गरिए अनुसार सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ ।


प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत गरेर पठाएको हो ।  नयाँ तलबमान अनुसार अब सबैभन्दा बढी मुख्य सचिवले ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन् भने सबैभन्दा कम प्रथम स्तरका कार्यालय सहयोगीले २८ हजार ९ सय ८४ रुपैयाँ पाउनेछन् ।

त्यस्तै, नेपाली सेनाका प्रधान सेनापतिले पनि मुख्यसचिव सरह तलब पाउँदा प्रहरी महानिरीक्षकको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ हुनेछ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले साउनदेखि लागु हुनेगरी कर्मचारीको तलबमा १० प्रतिशत र प्रोत्साहन भत्ता भनेर १० प्रतिशत बृद्धि गरेका थिए ।

पेन्सनधारीको हकमा भने अब १० प्रतिशत बृद्धि हुनेछ ।

salary.jfif
undefined

प्रतिक्रिया
सम्बन्धित समाचार