आइतवार, श्रावण २४ गते २०८३

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

बिहिवार , श्रावण २१, २०८३

काठमाडौं । सरकारले काठमाडौँ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई पठाएको छ। 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अर्याललाई पठाउने निर्णय गरेको हो। उनलाई पोखरा महानगरपालिकाबाट कामकाजमा काठमाडौँ पठाएको हो। 

यसअघि काठमाडौँ महानगरमा सरोजप्रसाद गुरागाईं प्रमुख प्रशासकीय अधिकृत थिए। उनी अनिवार्य अवकासमा गएपछि सरकारले अर्याललाई पठाएको हो। 

त्यस्तै, मन्त्रिपरिषद्ले सहसचिव महेशचन्द्र न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरेको छ। उनी यसअघि पूर्वाधार विकास मन्त्रालय अन्तर्गत कार्यरत रहेका थिए। 

यसैगरी, सहसचिव रमेशकुमार केसीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजमा खटाएको छ। उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्तर्गत रहेका कार्यरत रहेका थिए। 

प्रतिक्रिया
सम्बन्धित समाचार