काठमाडौं। नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् ।
उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् । जेनीको शव उनी बस्दै आएको अपार्टमेन्टमा भेटिएको प्रहरी वृत्त, बाँनेश्वरका डीसएपी मिमबहादुर लामाले जानकारी दिए ।
प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । प्रहरीले यतिबेला अपार्टमेन्ट पुगेर घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार, जेनीको ‘सुसाइड नोट' समेत भेटिएको छ ।
जेनी विगत १ बर्षदेखि डिप्रेशनमा थिइन् । जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् ।