आइतवार, श्रावण २४ गते २०८३

तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो : सशस्त्र प्रहरीको बिओपीमा क्षति

शुक्रवार , श्रावण २२, २०८३

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं। ३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको पोष्टमा भौतिक क्षति पुगेको छ ।

गएराति करिब १:१५ बजेको समयमा भन्सार कार्यालय परिसरको उत्तर(पश्चिम तर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट अचानक सुक्खा पहिरो झरेको थियो ।


पहिरोसँगै आएका ढुङ्गाहरू एकआपसमा ठक्कर खाएर उछिट्टिँदा सशस्त्र प्रहरी बल नेपाल बि।ओ।पि। तातोपानीको भौतिक संरचनामा क्षति पुगेको छ । प्राप्त विवरण अनुसार, पहिरोले राष्ट्रिय झण्डा राखिएको पोल र एउटा डिउटी पोष्ट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । त्यसैगरी, अर्को एउटा डिउटी पोष्टमा आंशिक क्षति पुगेको छ ।

ब्यारेक तर्फ पनि पहिरोले क्षति पुर्‍याएको छ । पहिलो लाइन ब्यारेकको झ्यालको एउटा सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्ता र जस्ताको छानामा प्वाल परेका छन् । यसका साथै जिन्सी स्टोर भवन, बाथरुमको भित्ता चर्किएको र मेनगेट अगाडिको सिँढीमा समेत क्षति पुगेको छ ।

रातिको समयमा पहिरो झरे पनि मानवीय क्षति भने हुन नपाएको बि।ओ।पि। तातोपानीले जनाएको छ । सो क्षेत्रमा पहिरोको जोखिम कायमै रहेको बताइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार