आइतवार, श्रावण २४ गते २०८३

व्यवसायी मुदण्डाको घरमा छापाबारे गल्ति स्वीकार्दै प्रहरीले भन्यो– कमजोरी भयो

शुक्रवार , श्रावण २२, २०८३

काठमाडौं । विराटनगरस्थित व्यवसायी गोपाल मुदण्डाको घरमा छापा हानेको विषयमा सूचनाको भेरिफाइमा कमजोरी भएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले उक्त कुरा बताएका हुन् ।

‘सूचना आएपछि त्यसको विश्लेषण र भेरिफाइमा जति काम हुनुपर्ने हो त्यो भएको देखिँदैन,’ प्रवक्ता काफ्लेले भने ।

मुदण्डाको घरमा छापा हानेको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाललाई स्पष्टीकरण समेत सोधेको थियो ।

व्यवसायी गोपाल मुदण्डाको घरमा छापा हान्नुका कारणसहित लिखित जवाफ पेस गर्न भनिएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार