शनिवार, कार्तिक ८ गते २०८३

राइनासमा कांग्रेसको नगर अधिवेशन स्थगित, यस्तो छ कारण 

आइतवार , आश्विन १०, २०७८

काठमाडौं। लमजुङको राइनास नगरपालिकामा कांग्रेसको नगर अधिवेशन स्थगित भएको छ। अधिवेशनका क्रममा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको हो। नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको हो।

उक्त मतपत्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्र समेत जलाइदिएका छन्। उमेदवार पौडेलले योजनाबद्ध षड्यन्त्र गरिएको भन्दै नेता कार्यकर्ताले विरोधमा उत्रिएर मतपत्र जलाइदिएको पौडेलले बताए। योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड गरेपछि निर्वाचन स्थगित गरिएको अध्यक्षका उमेदवार श्रीकृष्ण पौडेलले बताए।

पौडेलले कानूनी रुपमा वैधानिक नहुने गरी मतपत्रमा मतदान गर्ने कोलम नै नराखि आफुलाई हराउने योजनाबद्ध षड्यन्त्र गरिएको र मतपत्रमा कोलम मात्र हटाएर सिरियल नम्बर समेत एउटै राखेर हराउने योजना बनाएको बुझेपछि आफुहरुले मतदान रोक्न लगाएको उनले बताए।

पौडेलले प्रजातन्त्र र लोकतन्त्रको वकालत गर्ने काँग्रेस जस्तो पार्टीमा केही स्वार्थी र बदनाम नेताहरुका कारण पार्टी नै बदनाम भएको समेत उल्लेख गरे।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार