मंगलवार, आश्विन १३ गते २०८३

पाल्पामा पिकअपदुर्घटना: १० जना घाइते

सोमवार , श्रावण २५, २०८३

बुटवल। पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडास्थित झुम्सा–सत्यवती धसमिघा भित्री कच्ची सडकखण्डमा पिकअप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

माथागढी गाउँपालिका–५ बंसिङडाँडाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप सोमबार बिहान आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको हो।

उक्त जिपमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा सवार सबै १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र नौ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार