मंगलवार, श्रावण २६ गते २०८३

वडाको छाप र दर्ता किताबको दुरुपयोग,वडा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

सोमवार , श्रावण २५, २०८३


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज उप–महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष कौशल कुमार धोवीसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा सोमबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । 


आयोगका अनुसार धोवीसमेतको संलग्नतामा वडा कार्यालयको छापा र दर्ता किताबको समेत दुरुपयोग गरि रविन्द्रप्रसाद लामिछाने प्रतिवादी रहेको मुद्दामा कागजात सच्याएको अनुसन्धानबाट देखिएको छ । 

यस कार्यमा संलग्न भएको आरोपमा आयोगले वडाअध्यक्ष धोवीसहित वडासचिव वीर बहादुर थापा मागर,रविन्द्र लामिछाने र विकासकुमार चापागाईलाई प्रतिवादी बनाइएको छ । 

आयोगले प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार