काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ ।मगलबार बिहान नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले पानसमा बत्ती बालेर एक्स्पो शुभारम्भ गरे ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको एक्स्पोमा ५५ ब्राण्डका ४० बढी मोडल नयाँ सवारी सार्वजनिक गरिनेछन् ।
एक वर्षअघि उत्पादक र आयातकर्ता मिलेर स्थापना गरिएको नाइमाले दोस्रो संस्करणको एक्स्पो गरेको हो । एक्स्पोमा चार पाँग्रेतर्फ हुन्डाइ, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाईडी, ओमोडा एन्ड जेको, एमजी, सिट्रोन, आइकार, हेनरी भोल्ट्स, फोर्थिङ, डेन्जा, केई, होनरी बोमा, बीएआइसी, आर्कफक्स, ग्रेट वाल मोटर्स, जिकर, लिपमोटर, वुलिङ ब्राण्ड सहभागी छन् ।
त्यस्तै दुईपाँग्रेतर्फ बजाज, होण्डा, टीभीएस, रोयल इन्फिल्ड, केटीएम, सुजुकी, एथर, याडिया, निउ, प्यूजोरबगुस, अल्ट्राभ्वाइलेट, केरेन, ग्यारो, सीएफ मोटो, ट्रायम्फ, जेएक्स मोटोरसीएक्स ब्राण्ड रहेका छन् ।