सोमवार, आश्विन १२ गते २०८३

जापान पठाइदिने भन्दै १५ जनाबाट २ करोड ८० लाख झ्वाम्, कन्सल्टेन्सीका सञ्चालक बुटवलबाट पक्राउ

मंगलवार , श्रावण २६, २०८३

काठमाडौं ।  जापान पठाइदिने भन्दै २ करोड ८० लाख रुपैयाँ ठगी गर्ने ग्याट्सबी इन्टरनेसनल प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्।उनलाई वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा सोमबार बुटवलबाट पक्राउ गरिएको हो।

बुढाथोकीले ग्याट्सबी इन्टरनेसनल प्रा. लि. नामक कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम लिएको आरोप छ।

पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार