मंगलवार, आश्विन १३ गते २०८३

जनआस्थाको कार्यालयमा प्रहरीको खानतलासी

बिहिवार , श्रावण २८, २०८३

काठमाडौँ ।जनआस्थाको कार्यालयमा प्रहरीले खानतलासी गरेको छ।

बिहीबार बिहानै काठमाडौं प्रहरी परिसरको टोलीले सानेपास्थित जनआस्थाको कार्यालयमा खानतलासी गरेको हो।परिसर प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार त्यहाँबाट प्रहरीले कम्युटर,मोबाइल र अरू उपकरण संकलन गरेको छ।केही संख्यामा आएका प्रहरीले कार्यालय भित्र प्रवेश गरी सिपियू र कागजपत्र लिएर गएको जनआस्थाकै एक पत्रकारले जानकारी दिए। 

जनआस्थाका अध्यक्षसमेत रहेका पत्रकार किशोर श्रेष्ठलाई बुधबार बेलुकी नख्खुबाट प्रहरीले पक्राउ गरेको थियो।वैयक्तिक गोपनीयता भंग गरिएको भनेर एक महिलाले उजुरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको एसपी थापाले बताए।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार