आइतवार, श्रावण २४ गते २०८३

२४ घण्टामा थपिए ८३४ कोरोना संक्रमित, ९ जनाको मृत्यु

आइतवार , आश्विन १०, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ८३४ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा संक्रमण देखिएको हो।

सोही अवधिमा १ हजार २७९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। हालसम्म नेपालमा ७ लाख ६१ हजार १५४ जना संक्रमणमुक्त भएका छन्। आइतबार ९ जनाको कोरोनाले मृत्यु भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ जना रहेको छ। जसमध्ये १७ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३२९ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ३६८ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार