मंगलवार, आश्विन १३ गते २०८३

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

शुक्रवार , श्रावण २९, २०८३

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

प्रतिष्ठान ऐन, २०६८ अन्तर्गत रिक्त रहेका शिक्षाध्यक्ष, रजिस्ट्रार, डिन र निर्देशक पदहरूको रिक्त पदपूर्तिका लागि आवेदन प्रक्रिया अगाडि बढाइएको प्रतिष्ठानका उपकुलपति प्रा डा सूर्यमान मेन्याङ्वोले जानकारी दिए ।


कार्यकारी परिषद्बाट स्वीकृत ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी ९शिक्षाध्यक्ष, रजिष्ट्रार, डिन र निर्देशक०को छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम इच्छुक योग्य उम्मेदवारबाट दरखास्त माग गरिएको उनले बताए ।


उनका अनुसार आज एक सूचना जारी गरी यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् भदौ ३ गते बेलुका ५ बजेसम्म दरखास्त पेस गर्न अनुरोध गरिएको छ । करिब पाँच महिनादेखि प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिष्ट्रारलगायतका पदाधिकारीहरूको पद रिक्त रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार