शनिवार, कार्तिक ८ गते २०८३

एन्टीजेन परिक्षणमा बढी शुल्क लिने सुमेरु हस्पिटललाई जरिवाना

आइतवार , आश्विन १०, २०७८

काठमाडौं। ललितपुरस्थित एक निजी अस्पतालले कोरोना परिक्षणमा चर्को मुल्य असुल्ने गरेको खुलेको छ। सो अस्पतालले एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने गरेको पाइएपछि अस्पताललाई जरीवाना तिराएको छ। 

ललितपुस्थित पुल्चोकस्थित सुमेरु सिटी हस्पिटलले एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग बढी शुल्क लिएको पाइएपछि ३० हजार रुपैयाँ जरिवाना तिराइएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

सरकारले एन्टिजेन परीक्षणको शुल्क १ हजार रुपैयाँ तोकेको छ तर अस्पतालले विरामीबाट १५ सय रुपैयाँ बढी लिने गरेको थियो। सेवाग्राहीको उजुरीको आधारमा संयुक्त बजार अनुगमन टोली आज अस्पताल पुगेको थियो। अनुगमनको क्रममा अस्पतालले एन्टिजेन परीक्षणको शुल्क २ हजार ५ रुपैयाँ सयसम्म लिएको पाइएको थियो।

बिरामीसँग बढी पैसा लिएको पाइएपछि अस्पताललाई कारबाही गरेको बस्नेतले बताए। तर त्यो भन्दा अरु केही कारवाही गरिएको छैन। तोकिएको दररेटभन्दा बढी शुल्क नलिने शर्तमा अस्पताललाई एक पटकका लागि चेतावनी दिएर छाडिएको उनले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार