सोमवार, आश्विन १२ गते २०८३

धवलशमशेरको नयाँ दलको चुनाव चिह्न त्रिभुज

शुक्रवार , श्रावण २९, २०८३

काठमाडौं । डा.धवलशमशेर राणाको नेतृत्वमा जय नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ दलको दर्ता गरिएको हो ।

जय नेपाल पार्टीका नेता सगुन लावतीले ७९ सदस्य केन्द्रीय समितिको सूची सहित पार्टी दर्ता गरिएको जानकारी गराए ।लावतीले भने, ‘धवलशमशेर सभापति र अरू सबै केन्द्रीय सदस्य हुने गरी पार्टी दर्ता गरेका छौं ।’

चुनाव चिह्न त्रिभुज राखिएको छ । विधानमा ४५१ केन्द्रीय सदस्य हुने व्यवस्था गरिएको छ ।

अभियन्ता दुर्गा प्रसाईंसँग मिलेर नयाँ दल गठन गर्ने पूर्व सहमतिबीचमै भंग भएको थियो । प्रसाईं पक्षसँग सहमति जुट्न नसकेपछि राणा पक्षले दल दर्ता गरेको हो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार