सोमवार, आश्विन १२ गते २०८३

भारत र भुटानका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा निधन

आइतवार , श्रावण ३१, २०८३

नेपालका वरिष्ठ शिक्षाविद्, त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक तथा भारत र भुटानका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा क्यानाडाको क्यालगरीमा निधन भएको छ।

पारिवारिक स्रोतका अनुसार लामो समयदेखि पार्किन्सन्सबाट पीडित धौभडेल छोरी निशाका साथ बस्दै आएका थिए।

उनका चार छोरीहरूमध्ये तीन जना क्यानाडा र एक जना अमेरिकामाध छन्।


वि.सं. १९९२ फागुनमा सिराहामा जन्मिएका धौभडेल पुर्खा भने भक्तपुरका हुन्। हजुरबुबा शंकरदास रोजगारीका क्रममा सिराहा पुगेपछि उनको परिवार तराईमै बसोबास गर्न थालेको थियो।

धौभडेलले कक्षा ८ सम्म सिराहा र ९ देखि १२ कक्षासम्मको पढाइ भारतको जयनगरबाट पूरा गरेको थाहा भएको छ।

२०५० सालमा भएको चर्चित र रहस्यमय  दासढुङ्गा दुर्घटना छानबिन आयोगका सदस्य रहेका धौभडेल सन् १९९५ देखि १९९६ (वि.सं. २०५१) सम्म भारत र भुटानका लागि नेपाली राजदूत थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार