आइतवार, आश्विन २५ गते २०८३

भीम रावलको माग बारे ओलीले के निर्णय गर्लान?

सोमवार , आश्विन ११, २०७८

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। पार्टीमा उपाध्यक्ष पद थपेर ७ बनाउन सुझाव आएपछि त्यसबारे बैठकमा थप छलफल हुने भएको छ।

तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा विधान संशोधनमाथि समूहगत छलफलका क्रममा पार्टी उपाध्यक्ष पद थप्न सुझाव दिइएको थियो। त्यसमा अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेको र यसबारे स्थायी कमिटीले टुंगो लगाउने बताइएको छ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रस्तावित तीन उपाध्यक्षको सट्टा ७ बनाउन केन्द्रीय कमिटीमा आएका सुझावलाई स्थायी कमिटीले निष्कर्षमा पुर्‍याउने बताए। साथै स्थायी कमिटीमा एमाले विभाजन हुँदा माधव नेपालको साथ छाडेर एमालेमै रहेका नेताहरुको असन्तुष्टिका बारेमा पनि छलफल हुने बताइएको छ। उनीहरुले एकताका मुख्य सुत्रका रुमा लिइएको १० बुँदे सम्झौता इमान्दारितापूर्वक कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

केन्द्रीय कमिटी बैठकमा तेस्रो धार भनिएका असन्तुष्ट नेताहरु र अध्यक्ष ओलीबीच यसबारे सवालजवाफ नै भएको थियो। त्यसक्रममा ओलीले १० बुँदेबारे स्थायी कमिटीमा छलफल गर्ने बताएका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार