काठमाडौं ।बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा शनिबार काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ।
इन्डेपेन्डेन्ट मदर्स अफ नेपाल नामको संस्थाको आयोजनामा गरिमा चौधरीका लागि न्याय माग्दै रत्नपार्कमा र्याली गरिएको हो।
रत्नपार्कबाट सुरु गरिएको विरोध र्याली घण्टाघर हुँदै फेरि रत्नपार्क पुगेर सभामा परिणत भएको थियो।
बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि हराइरहेकी गरिमा यही भदौ २ गते सोही स्थानको एक घरमा मृत भेटिएकी थिइन्।
प्रहरीका अनुसार बालिकाको करणीपछि हत्या गरिएको हो।