काठमाडौं। पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुमाथि खुकुरी प्रहार गरिएको छ। विश्वरुपा मन्दिर नजिकै ३५ वर्षका सन्तोष बाबालाई अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेर घाइते बनाएको जनाइएको छ।
एसोमबार बिहान सन्तोष बाबा सौचालयतर्फ जाँदै गर्दा एकजना व्यक्ति आएर उनलाई ‘माल निकाल।’ भनेको र बाबाले छैन भनेपछि खुकुरीले हानेर भागेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरले बताए। उनका अनुसार ती व्यक्तिले ‘माल निकाल’ भनेर गाँजा मागेको थाहा भएको छ।
खुकुरी प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त गौशालाले घटनाबारे अनुसन्धान गरिरहेको पनि जनाएको छ।