काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आएको छ ।
शनिबार साँझको आरती गर्ने बेलामा भगवतीको मूर्तिमा पसिना देखिएको हो । देशमा कुनै दैवी विपत्ति तथा राजनीतिक संकट आउन लाग्यो भने भगवतीको मूर्तिमा विभिन्न संकेत देखिनुको साथै मूर्तिमा पसिना आउने गरेको मन्दिर व्यवस्थापन उपसमितिको पूर्व संयोजक किरण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार देशमा आउने दैवी प्रकोप या राजनीतिक संकटको बेलामा जहिल्यै भगवतीको मूर्तिमा पसिना आउने गरेको छ ।
भगवतीको मूर्तिमा गतसाल जेनजी आन्दोलन ताका, २०८१ को बाढीपहिरो, २० ७२ सालको भूकम्प, २०५८ सालको दरबार हत्याकाण्ड लगायत १९९० सालदेखि नै पटक(पटक दैवी प्रकोप या राजनीतिक संकटको बेलामा पसिना आउने गरेको थियो ।